Section 28
मानार्थ प्राज्ञ तथा आजीवन सदस्यता
: (१) सङ्गीत तथा नाट्य विधाको विकासमा विशिष्ट योगदान पुराएर  राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको गौरव बढाउने स्वदेशी वा विदेशी व्यक्तिलाई सभाले परिषद्को सिफारिसमा प्रज्ञा प्रतिष्ठानको मानार्थ प्राज्ञ सदस्यता प्रदान गर्न सक्नेछ ।
(२) सङ्गीत तथा नाट्य विधाको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने नेपाली नागरिकलाई सभाले प्रज्ञा प्रतिष्ठानको आजीवन सदस्यता प्रदान गर्न सक्नेछ ।
(३) उपदफा (१) र (२) बमोजिम मानार्थ प्राज्ञ सदस्यता तथा आजीवन सदस्यता प्रदान गर्ने आधार तोकिए बमोजिम हुनेछ ।
(४) प्रज्ञा प्रतिष्ठानले आजीवन सदस्यलाई तोकिए बमोजिमको सुविधा प्रदान गर्न सक्नेछ ।
तर नेपाल सरकारबाट कुनै पारिश्रमिक वा सुविधा पाइरहेको आजीवन सदस्यले त्यस्तो सुविधा पाउने छैन ।
(५) सभाले मानार्थ प्राज्ञ सदस्य र आजीवन सदस्यलाई तोकिएको आधारमा सदस्यताबाट हटाउन सक्नेछ ।